६ कार्तिक २०८३, बिहीबार

 

एन प्याब्सन अन्तर विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता : सनराइज आवासिय मावि प्रथम, न्यू ओयसिस एकेडमी द्धितीय, आदर्श विद्यामन्दिर मावि तृतीय

बागलुङ । एन प्याब्सन बागलुङ नगर कार्यसमितिको आयोजना तथा सनराइज आवासीय माविको संयोजनमा अन्तर विद्यालय प्राथमिक तहको रनिङ सिल्ड हाजिरी जवाफ प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।

प्रतियोगितामा सनराइज आवासिय मावि प्रथम, न्यू ओयसिस एकेडमी द्धितीय, आदर्श विद्यामन्दिर मावि तृतीय र फ्युचर बोर्डिङ स्कुलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई सिल्ड, ट्रफि, प्रमाणपत्र, रु २ हजार, द्धितीय हुने विद्यालयलाई ट्रफि, प्रमाणपत्र, रु १६ सय, तृतीय हुने विद्यालयलाई ट्रफि, प्रमाणपत्र, रु १२ सय र सान्त्वना स्थान हासिल गरेको विद्यालयलाई प्रमाणपत्र र रु ८ सय प्रदान गरिएको थियो ।

प्रतियोगितामा ८ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सदस्य वालकृष्ण शर्माले विद्यार्थीको प्रतिभा बाहिर ल्याउन अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रम एन प्याब्सनका बागलुङ नगर कमिटीका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षता, कार्यक्रम संयोजक प्रकाश कार्कीको स्वागत, शिक्षक भुमिकला थापाकोे सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung