काठमाडौं ।प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीको औँ वार्षिक साधारण सभा ५औँ अधिवेशन शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्याले सहकारी आर्थिक अनुशासनमा बसेर सञ्चालन गर्यो भने कुनै समस्या नहुने र यसको फाइदा सबै सेयर सदस्यले पाउने बताउनुभयो ।
सहकारीमा करोडौं रकम बचत मात्र हैन सानोतिनो छरिएका रकम बचत गर्ने भएको हुँदा यसलाई सहकारीले सामुदायिक भावना अनुसार परिचालन गर्नु पर्ने अध्यक्ष उपाध्याको भनाई थियो ।
२०६७ साल पौष २ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भै ४८८ जना शेयर सदस्यको सहभागितामा संचालनमा आएको सहकारीको अहिलेसम्म शेयर पुँजी रु २ करोड ४५ र निक्षेप रु २२ करोड रहेको छ ।
सहकारीले आर्थिक वर्ष २०८१ र ८२ मा कर्जा रु १६ करोड ५० लाख प्रवाह गरेको र रु ७ करोड तरलता रहेको सहकारीका सचिव किस्मत जंङ्ग राजभण्डारीले जानकारी दिनुभयो ।सहकारीले ८ प्रतिशत लाभांश पनि वितरण गरेको छ ।
साधारण सभामा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा स्वंय प्रकाश श्रेष्ठ र नागरिक कल्याण कोष पूर्वकार्यकारी अधिकृत ऋषिराम गौतमले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका अध्यक्ष हरिकृष्ण उपाध्याको अध्यक्षता, सल्लाहकार विष्ण कुमारी उपाध्या स्वागत र सचिव किस्मत जंङ्ग राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारीले छ जना युवाहरुलाई रोजगारी समेत दिएको छ ।













































































































































































































