३ श्रावण २०८३, आईतवार

 

प्रत्यक्ष दृष्टि वचत तथा ऋण सहकारीको अध्यक्षमा श्याम प्रसाद श्रेष्ठ

काठमाडौं ।प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीको १५औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनले श्याम प्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

शुक्रबार काठमाडौंमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा शैब्या प्रधान, सचिवमा विष्णु कुमारी उपाध्याय, कोषाध्यक्षमा केमिकल शाक्य रहेका छन् । साथै सदस्यहरुमा कृष्ण कुमार राजभण्डारी, विद्या श्रेष्ठ र राजेशचन्द्र राजभण्डारी चयन भएको निर्वाचन समितिका प्रमुख अधिवक्ता गोपाल प्रसाद शर्माले जानकारी दिनुभयो ।

२०६७ साल पौष २ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भै ४८८ जना शेयर सदस्यको सहभागितामा संचालनमा आएको सहकारीको शेयर पुँजी रु २ करोड ४५ र निक्षेप रु २२ करोड रहेको छ ।

आर्थिक वर्ष २०८१ र ८२ मा कर्जा रु १६ करोड ५० लाख प्रवाह गरेको र  ७ करोड तरलता रहेको प्रत्यक्ष दृष्टि बचत तथा ऋण सहकारीका प्रबन्धक किस्मत जंग राजभण्डारीले नयाँविश्वलाई बताउनुभयो ।  ८ प्रतिशत लाभांश वितरण गरेको सहकारीले छ जना युवाहरुलाई रोजगारी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung