बागलुङ । विद्यामन्दिर माध्यमिक विद्यालय, धौलागिरी वीरेन्द्र माध्यमिक विद्यालय, रुद्रेपिपल माध्यमिक विद्यालय र श्री कालिका कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सकरात्मक सोच र नविन उर्जा संम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ ।
बागलुङ नगर पालिकाद्धारा आयोजित कार्यक्रममा प्रशिक्षक हरिश वलीले प्रशिक्षण दिनु भएको थियो । तीन दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा चार सयभन्दा बढि विद्यार्थीको सहभागिता रहेको विद्यामन्दिर माध्यमिक विद्यालयका सूचना अधिकारी शिक्षक मुकुन्द शर्माले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले विद्यार्थीहरुलाई मानविय चिन्तन, सकरात्मक सोच र नविन उर्जा संम्बन्धी ज्ञान दिन सकेमा भविष्यमा समाजले राम्रो जनशक्ति पाउने बताउनुभयो ।
कार्यक्रम विद्यामन्दिर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता र विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छवि रमण रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद शर्मा र बागलुङ नगरपालिका-११ वडा अध्यक्ष ज्ञानेन्द्र गौतमको उपस्थिति रहेको थियो ।



















































































































































































































