४ श्रावण २०८३, सोमबार

 

समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई १ लाखसम्म भुक्तानी दिने सरकारको तयारी

बागलुङ । सरकारले साना बचतकर्तालाई बचत फिर्ता दिने तयारी गरेको छ।चक्रीय कोष सञ्चालन कार्यविधि बनाएर समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्ने प्रकृया सरकारले अगाडि बढाउन लागेको हो ।

पीडित बचतकर्ताको पाँच लाखसम्मको रकम सरकारले कोष खडा गरेर भुक्तानी दिनुपर्ने सुझाब वित्तीय क्षेत्र सुधार सुझाव आयोगले दिएको छ ।

अर्थ मन्त्रालयसँग भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २ अर्ब रकम माग प्रस्ताव गरेको छ ।

त्यसको लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चक्रीय कोष सञ्चालक कार्यविधि मस्यौदा तयार गरि सकेको छ । सरकारले उक्त कोषमा सहकारी ठगका सम्पत्ति बेचबिखन पछि आउने रकम राख्ने व्यवस्था मिलाउन लागेको छ ।

सहकारी मन्त्रालयले एक लाखसम्म बचतकर्तालाई पूरै रकम दिने कि नदिने भन्ने बारेमा अर्थ मन्त्रालयको राय पर्खेको छ ।

लामो समयदेखि समस्याग्रस्त सहकारीका पीडित बचतकर्ताले आफ्नो बचत रकम फिर्ता माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung