२८ जेष्ठ २०८३, बिहीबार

 

उद्योग व्यापार संगठन बागलुङको बैठक सम्पन्न, सन्देश सभामा उद्योगी व्यवसायीको व्यापक उपस्थिति गराउने

बागलुङ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको बैठकले मंसिर २७ गते बागलुङ बजारको लोकतान्त्रिक चोकमा नेपाली कम्युनिष्ट पार्टी बागलुङको आयोजनामा हुन लागेको एकता सन्देश सभामा व्यापक रुपमा उद्योगी व्यवसायीको उपस्थिति गराउने निर्णय गरेको छ ।

सन्देश सभालाई सफल बनाउनको लागि सभामा उद्योगी व्यवसायीको उपस्थिति गराउनुका साथै संगठनले मंच व्यवस्थापनको पनि जिम्मा लिएको छ । संगठनले मंच व्यवस्थापनको लागि लाग्ने खर्च व्यहोर्न लागेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका कोषाध्यक्ष मनकाजि विश्वकर्माले जानकारी दिनुभयो।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका महाधिवेशन प्रतिनिधि चन्द्रबहादुर बुढा सागर, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बागलुङका संयोजक प्रकाश घर्ती, एकिकृत समाजवादी बागलुङका अध्यक्ष पिंगल राज गौतम, नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष अर्जुन चोखाल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका सल्लाहकार बद्री प्रसाद शर्मा,महिला उद्यमी संयोजक ललिता थापा, नेवा राष्ट्रिय मुक्ति मोर्चा बागलुङका अध्यक्ष ईश्वर प्रसाद मलेपती, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङ नगर समितिका सचिव भुपेन्द्र केसीलगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

बैठकमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका सल्लाहकार रतन मलेपती, नगर समितिका सदस्य लालबहादुर पुन, नेपाली कम्युनिष्ट पाटी गण्डकी प्रदेश सचिवालय सदस्य मेखबहादुर विक पाहाड, बागलुङ नगर समितिका अध्यक्ष निर्मलबहादुर श्रेष्ठ, सहसचिव जिवन शर्मा, बानपा ४ का पार्टी अध्यक्ष यामलाल शर्मा, सदस्य गोपाल खड्का, प्रेस सेन्टर नेपाल बागलुङका सहसचिव दिनेश जिसीको उपस्थिति रहेको थियो ।

सभालाई नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसाल, नेताहरु देवेन्द्र पौडेल, दिल कुमारी पन्त, कृष्ण नेपाली, ज्ञानु आचार्य लगाएतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

बैठक नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता,कोषाध्यक्ष मनकाजि विश्वकर्माको स्वागत र महासचिव गोकुल प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung