३१ जेष्ठ २०८३, आईतवार

 

एमाले महाधिवेशन : बागलुङबाट ८ जनाले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

बागलुङ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्वका लागि बागलुङबाट ८ जनाले केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका छन् ।

ओली समुहबाट केन्द्रिय सदस्यमा एमालेका लिलबहादुर थापा मगर, गोविन्द बहादुर नेपाली, मन कुमारी केसी जिसी, डा. सूर्य पाठक, सावित्रा राना, कृष्णबहादुर केसी र मञ्जु शर्माले उम्मेदवारी दिनुभएका छन् भने ईश्वर पोखरेलका प्यानलबाट सचिव पदमा बागलुङका इन्द्रलाल सापकोटाले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

एमाले नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्प्रर्धा हुँदै छ ।

११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार मतदान भोलि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung