बागलुङ । महिला हित बचत तथा ऋण सहकारी संस्थाको २४औँ साधारण सभा तथा ८औँ अधिवेशनले लिला देवी खड्का पुन:अध्यक्षमा चयन भएकी छिन् ।
शनिबार बागलुङ बजारमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा विन्दा खड्का, सचिवमा पम्फा कुमारी किसान, कोषाध्यक्षमा विष्णु खत्री चयन भएकी छिन् ।
साथै सदस्यहरुमा लक्ष्मी किसान, सुभन्द्रा आचार्य, सरिता रायमाझी, अम्बिका खड्का, कमला खड्का रहेका छन् ।
त्यसै गरी लेखा तथा अनुगमन समितिकी संयोजकमा सावित्री केसी र सदस्यहरुमा नानुमैया शाक्य, शान्ता अधिकारी चयन भएको निर्वाचन समितिका सदस्य अधिवक्ता गोविन्द प्रसाद वझाले नयाँ विश्वलाई जानकारी दिनुभयो ।













































































































































































































