बागलुङ । बागलुङ नगरपालिका कार्यालयले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरु र उहाँका परिवारलाई आर्थिक सहयोग गरेको छ । नगरपालिकाले अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा रोजगारीको सिलशिलामा विदेश गएर विभिन्न स्वास्थ्य समस्या भएर फर्किएकालाई सहयोग गरेको हो ।
नगरपालिकामा संचालन भएको आप्रवासी श्रोत केन्द्र मार्फत विभिन्न समयमा उद्धार गरेका स्वास्थ्य समस्या भएका विपन्न परिवारका व्यक्ति र उहाँहरुको परिवारलाई सहयोग गरिएको हो । नगरपालिकाले ५ जना पीडितलाई जनहि ७ हजार रुपैयाँका दरले सहयोग गरेको नगरपालिकाका आप्रवासी श्रोत केन्द्रका शाखा प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिनुभयो।
विशेष गरी वैदेशिक रोजगारीको शिलशिलामा जाँदा दुर्घटना परि घाईते भएका, दिर्घरोग जस्तै मुटु, मृगौला, क्यान्सर लगायतका अन्य रोगबाट पीडितका लागि नगरपालिकाले सहयोग गरेको हो ।
श्रोत केन्द्र मार्फत गत वर्ष विभिन्न समस्या भोगेका १ सय ३८ जनालाई सहयता गरेको थियो भने यस वर्ष हाल ५४ जनालाई सहयता प्रदान गरेको उपाध्यायले बताउनुभयो ।
नगरपालिका मार्फत प्राप्त गरेको सानो सहयोग पनि आफ्नो दैनिकीमा थप सहयोग पुग्ने पीडित ज्ञानेन्द्र बास्तोला बताउँछन ।
उहाँले ठूलो सपना बोकेर वैदेशिक रोजगारीमा गएता पनि सफल हुन नसेर फर्किनुपरेको बाध्यतालाई सम्झँदै नगरपालिकाको साथले जिवन संघर्षका लागि थप हौसला मिलेको बताउनुभयो ।
पीडितलाई बागलुङ नगरपालिका प्रमुख बसन्त कुमार श्रेष्ठले रकम हस्तान्तरण गर्नु भएको थियो । उहाँले वैदेशिक रोजगारीमा गएर ठगिने अलपत्र पर्ने र विरामी पर्ने सबैका लागि आप्रवासी श्रोत केन्द्रमार्फत सहयोग हुने बताउनुभयो ।
उहाँले स्थानीय सरकार जनताकै सरकार भएका कारण सधैँ साथमा रहेको बताउनुभयो । श्रोत केन्द्र मार्फत आर्थिक वर्ष २०८१र८२ मा निःशुल्क कानुनी सहायता कुल १३८ जनाले सेवा लिएका छन् ।
ती मध्ये ६६ वटा समस्या समाधान भएका थिएका थिए । श्रोत केन्द्र मार्फत कुल २२ लाख ४८ हजार ७७३ रुपैयाँ आर्थिक सहायताका लागि सहजीकरण गरिएको थियो ।
केन्द्र वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका, स्वास्थ्य समस्या भोगेका तथा आपतकालीन अवस्थामा परेका व्यक्तिलाई उद्धार न्याय र राहत दिलाउन सहयोग पु¥याउँदै आएको छ ।













































































































































































































