३ श्रावण २०८३, आईतवार

 

फूलमून बचत तथा ऋण सहकारीको अध्यक्षमा देवी प्रसाद कँडेल

बागलुङ । फूलमून बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ साधारणसभा र ७औँ अधिवेशनले देवी प्रसाद कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा ऋषिराम सापकोटा, सचिवमा शिव प्रसाद कँडेल, कोषाध्यक्षमा मनहरि कँडेल रहेका छन् । साथै सदस्यहरुमा खडेश्वर सापकोटा, नरहरि खरेल, मनिराम कँडेल, विष्णु देवी कँडेल र शारदा देवी कँडेल रहेका छन् ।

लेखा समितिको संयोजक कुलराज सापकोटा, सदस्यहरुमा बालकृष्ण भट्टराई र गंगा प्रसाद कँडेल चयन भएको फूलमून बचत तथा ऋण सहकारीका प्रबन्धक कुलराज सापकोटाले जानकारी दिनुभयो ।

साधारण सभा शनिबार काठमाडौंको होटल मार्कोपोलाको सभा हलमा सम्पन्न भएको हो ।

साधारणसभाले फूलमून बचत तथा ऋण सहकारीका अध्यक्ष मनहरी कँडेलको प्रतिवेदन, सचिव शिव प्रसाद कँडेलको प्रगति प्रतिवदेन, कोषाध्यक्ष देवी प्रसाद कँडेलको आर्थिक प्रतिवेदन र कोपिला सापकोटाको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा फूलमून बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष रामप्रसाद कँडेल र शेयर सदस्य विष्णु प्रसाद घिमिरेले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा फूलमून बचत तथा ऋण सहकारीका अध्यक्ष मनहरि कँडेलको अध्यक्षता, उपाध्यक्ष ऋषिराम सोपकोटा स्वागत र सचिव शिव प्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०६८ सालमा रामप्रसाद कँडेलको नेतृत्वमा स्थापना भएको फूलमून बचत तथा ऋण सहकारी संस्थाको शेयर सदस्य संख्या ४ सय २४ जना, ३ करोड ३ लाख सेयर पुँजी र लगानी ८ करोड ६० लाख रहेको छ भने सहकारीले छ जना युवालाई रोजगारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung