बागलुङ । बागलुङ जिल्लामा खेलकुद सामग्रीको विश्वसनीय नामका रूपमा परिचित बागलुङ सम्पदा अंकित स्पोटर्स नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको छ।
विगत दुई वर्षदेखि निरन्तर व्यवसाय सञ्चालन गर्दै आएको यस स्पोटर्स हाउस अब बागलुङ नगरपालिका–२, लालीगुँरास चोकस्थित सफल पोलिक्लिनिकको आडमा स्थानान्तरण भई नयाँ व्यवस्थापनसँगै सेवा विस्तार गरेको हो।
नयाँ व्यवस्थापनमा व्यवसायी सौगात खड्काको नेतृत्वमा सञ्चालनमा आएको बागलुङ सम्पदा अंकित स्पोटर्सले गुणस्तरीय खेलकुद सामग्रीलाई प्राथमिकतामा राख्दै ग्राहकको आवश्यकता अनुसार विविध सामग्री उपलब्ध गराउने जनाएको छ।
फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबललगायत विभिन्न खेलका सामग्रीका साथै खेलकुद पोशाक र आवश्यक उपकरणहरू सहज मूल्यमा उपलब्ध गराइने बताइएको छ।
स्पोटर्स हाउसका सञ्चालक सौगात खड्काले खेलकुद भनेको केवल खेल होइन, यो अनुशासन, आत्मविश्वास र भविष्य निर्माणको माध्यम हो, हामी बागलुङका खेलाडी र खेलप्रेमीहरूलाई गुणस्तरीय, भरपर्दो र आधुनिक खेलकुद सामग्री उपलब्ध गराएर स्थानीय खेलकुद विकासमा हाम्रो सानो योगदान दिने लक्ष्य राखिएको बताउनुभयो ।
व्यवस्थापन पक्षका अनुसार स्पोटर्स हाउसले स्थानीय खेलाडी, विद्यालय, क्लब तथा खेलप्रेमीहरूलाई लक्षित गर्दै गुणस्तरीय सामग्रीसँगै भरपर्दो सेवा प्रदान गर्दै आएको छ। नयाँ व्यवस्थापनसहित सेवा विस्तार भएपछि बागलुङ जिल्लाका खेलकुद क्षेत्रमा थप सहजता र उत्साह बढ्ने अपेक्षा गरिएको छ।














































































































































































































