६ कार्तिक २०८३, बिहीबार

 

कालीगण्डकी आवासीय माविका विद्यार्थीद्वारा प्रयोगात्मक शैक्षिक सामग्री प्रदर्शनी

बागलुङ । बागलुङ नगरपालिका ३ वियसआर मुभिजस्थित कालीगण्डकी आवासीय माध्यमिक विद्यालयमा प्रयोगात्मक शैक्षिक सामग्रीको प्रदर्शनी भएको छ ।

कक्षा एक कक्षादेखि दश कक्षासम्मका विद्यार्थीहरुले प्रदर्शनीमा भाग लिएका थिए । विद्यार्थीहरुले एकल र समूहगत रुपमा दुई सय पचासमा शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको कालीगण्डकी आवासीय माध्यमिक विद्यालयका शिक्षक जिवननाथ शर्माले नयाँ विश्वलाई बताउनुभयो ।

संघसंस्था प्रतिनिधिहरु, अभिभावकहरु, विद्यार्थीहरु र सर्वसाधारण नागरिकहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले सांगीतिक प्रस्तुती पनि दिएको थियो ।

कार्यक्रमको बारेमा शिक्षक जिवन नाथ शर्माले जानकारी दिनुभएको थियो ।

प्रयोगात्मक शैक्षिक अभ्यासलाई शैक्षिक सुधारकै रुपमा दैनिक व्यवहारमा प्रयोग गर्ने कार्यक्रम भएको कालीगण्डकी आवासीय माविका प्रिन्सिपल सुरेन्द्र शाक्यले बताउनुभयो ।

कार्यक्रम कालीगण्डकी आवासीय माविका संचालक समितिका अध्यक्ष अधिवक्ता निरन्जन राजभण्डारीको अध्यक्षता र शिक्षक केदार शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

तस्बिर:दिनेश जिसी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung