बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाको २४औँ साधारणसभा सम्पन्न भएको छ ।
बिहिबार कार्यक्रमको उद्घाटन गर्दै बागलुङ बहुउद्देश्यीय सहकारीका निर्वतमान अध्यक्ष अशोक गोविन्द राजभण्डारीले सहकारी नीति र सिद्धान्त अनुसार संचालन भए समस्या नआउने बताउनुभयो ।
सहकारीलाई बलियो बनाउन शेयर सदस्यको महत्वपूर्ण भूमिका हुने भन्दै सबै जिम्मेवार बन्नु पर्ने उहाँको भनाइ छ ।
सभालाई बागलुङ बहुउद्देश्यीय सहकारीका संस्थापक अध्यक्ष सहदेव राजभण्डारी, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, प्रगति बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्मा (कुमार), सेयर सदस्यहरु किरण भावा श्रेष्ठ, कृष्ण शर्मा, सुन्दरी श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव कृष्ण गोविन्द राजभण्डारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मी शाक्यले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक महेन्द्रसिंह रायमाझीले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न विधामा सेयर सदस्यहरुलाई नगदसहित सम्मान गरिएको थियो ।
कार्यक्रम बागलुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बाबुकाजी केसीको अध्यक्षता, उपाध्यक्ष राजेन्द्र प्रसाद शाक्यको स्वागत, सचिव कृष्ण गोविन्द राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
२०५७ साल फागुण १६ गते सहदेव राजभण्डारीको नेतृत्वमा स्थापना भएको यस सहकारीको ६५१ जना सेयर सदस्य र शेयर पुँजी ६ करोड ४५ लाख रहेको छ भने यस सहकारीले ९ जना युवालाई रोजगारी पनि दिएको छ ।
















































































































































































































