३ श्रावण २०८३, आईतवार

 

सिवाईसी बचत तथा ऋण सहकारीको मुक्तिनाथ सेवा केन्द्रको साधारणसभा सम्पन्न

बागलुङ । सिवाईसी बचत तथा ऋण सहकारीको १६औँ साधारणसभा अन्तर्गत मुक्तिनाथ सेवा केन्द्रको साधारणसभा बिहिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्माले सहकारीलाई कानुन र विधिमा सञ्चालन गर्यो भने कुनै वित्तीय समस्या नआउने बताउनुभयो ।

सहकारीका मुख्य शक्ति भनेको सेयर सदस्य र उहाँहरुले लगानीको लागि दिएको पुँजी हो त्यसलाई ठिक ढंगले परिचालन गर्न नेतृत्व र जनशक्ति गम्भीर हुनु पर्ने बताउनुभयो ।

सभामा सचिव दिलबहादुर केसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सपना पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा १६ जना जेष्ठ सेयर सदस्यहरुलाई पाँच हजारको दरले पोषण र स्वास्थ्य उपचार रकम उपलब्ध गराइएको थियो ।

कार्यक्रम मुक्तिनाथ सेवा केन्द्रकी संयोजक सिता शर्माको अध्यक्षता सहसंयोजक गंगाबहादुर थापाको स्वागत र सचिव दिलबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०६६ चैत्र २६ स्थापना भएको सिवाईसी बचत तथा ऋण सहकारीले २०६७ असोज २२ गते घटस्थापनाको दिन कारोबार सुरु गरेको थियो ।

२८ जना सेयर सदस्यहरुको पहलमा चण्डी प्रसाद शर्माको नेतृत्वमा सहकारी सञ्चालनमा आएको थियो । बागलुङ नगरपालिका-२ हल्लन चोकमा प्रमुख कार्यालय रहको यस सहकारीको २५ स्थानमा सेवाकेन्द्र रहेको छ ।

यस सहकारीले ९४ जना युवालाई रोजगारी दिएको छ । सहकारीको सेयर सदस्य संख्या २६ हजार ९ सय ३२ जना, सेयर पुँजी ३९ करोड ३९ लाख र लगानी १ अर्ब ३६ करोड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung