बागलुङ । आठौं बागलुङ महोत्सव शुक्रबारदेखि सुरु भएको छ । महोत्सवले नीजि क्षेत्रमा चलायमान बनाएको छ ।
झाँकी तथा बाजा गाजा सहित बागलुङ बजार परिकर्मा गरी महोत्सवस्थल बागलुङ नगरपालिका–१ रामरेखा स्थित बाङ्गेचौर खेल मैदानमा पुगेर महोत्सवको उद्घाटन गरिएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र प्रसाद ढकालले महोत्सवको उद्घाटन गर्नुभएको थियो । ।महोेत्सवका कारण बागलुङ बजार समेत सिगारिएको छ ।
‘पर्यटन, कृषि, कला, संस्कृति, उद्योग र व्यापार, समृद्व बागलुङ निर्माणको आधार’ भन्ने नारासहित गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ऋषिराम गौतमले बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन श्रेष्ठ, बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेल र नेपाली कांग्रेसका नेता प्रकाश पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षता र महासचिव ईन्द्रमणि पौडेल अर्जुन र प्रेस सल्लाहकार सुवास आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































