३ श्रावण २०८३, आईतवार

 

निलगिरि बचत तथा ऋण सहकारीको १८औँ साधारणसभा सम्पन्न

बागलुङ । निलगिरि बचत तथा ऋण सहकारीको १८औँ साधारणसभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।

साधारणसभामा सचिव प्रकाश पौडेलको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद शर्माले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक परशुराम सुवेदीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा पूर्वमन्त्री दिपेन्द्रबहादुर थापा, सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा र जिल्ला सहकारी संघका सचिव तेज प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम निलगिरि बचत तथा ऋण सहकारीका अध्यक्ष मिलनबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष चित्रबहादुर केसीको स्वागत र सचिव प्रकाश पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङ नगरपालिका-२ समित चोकमा मुख्य कार्यालय रहेको निलगिरि बचत तथा ऋण सहकारी २०६५ जेठ २७ गते स्थापना भएको हो ।

यस सहकारीले पैयुँपाटामा आफ्नो सदस्य सेवा केन्द्र पनि स्थापना गरेको छ । संस्थामा हाल १ हजार २ सय ८६ जना शेयर सदस्य रहेका छ ।

संस्थाको हाल ३ करोड ९४ लाख शेयर पुँजी रहेको छ भने हालसम्म १८ करोड ४७ लाख १७ हजार २ सय ५१ रुपैयाँ लगानी गरेको छ । यस सहकारीले ८ जना युवालाई रोजगारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung