बागलुङ । बागलुङ गलकोट बहुउद्धेश्यीय सहकारीको १८औँ साधारणसभा सम्पन्न शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
साधारणसभामा सचिव भक्तिराम न्यौपानेले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शेरबहादुर खड्काले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक हरिलाल सुवेदीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा बागलुङ गलकोट बहुउद्धेश्यीय सहकारीका जेष्ठ सेयर सदस्य तिर्थबहादुर केसी, सल्लाहकारहरु प्रा. डा. दिनबहादुर थापा, उपप्राध्यापक ध्रुव राज गौतम, सेयर सदस्य कल्पना रेग्मीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सेयर सदस्य उदय चापागाई, कल्पना रेग्मीकी छोरा उज्ज्वल चापागाई, सेयर सदस्य राजबहादुर थापा र ललिता थापाकी छोरी कृपा थापा, सेयर सदस्यहरु अर्जुन चोखाल, शान्ती अधिकारी चोखाल, योगमाया पुन, नरदेवी शेरचन, सीता कुमारी सुवेदी, दिलसरा थापा सम्मानित भएका थिए ।
कार्यक्रम बागलुङ गलकोट बहुउद्धेश्यीय सहकारीकी अध्यक्ष एलिजा गौतमको अध्यक्षता, उपाध्यक्ष हुमबहादुर थापाको स्वागत र सचिव भक्तिराम न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिका-२ जिपपार्कमा कार्यालय रहेको बागलुङ गलकोट बहुउद्धेश्यीय सहकारी २०६४ कार्तिक २३ गते स्थापना भएको हो ।
संस्थामा हाल ३ सय ५३ जना शेयर सदस्य रहेका छ । संस्थाको हाल १ करोड ५८ लाख शेयर पुँजी रहेको छ भने हालसम्म ३ करोड ४२ लाख रुपैयाँ लगानी गरेको छ । यस सहकारीले ४ जना युवालाई रोजगारी पनि दिएको छ ।
























































































































































































































