६ कार्तिक २०८३, बिहीबार

 

हिसान केन्द्रीय सदस्यमा नवराज श्रेष्ठ सर्वसम्मत

बागलुङ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

हिसानको शनिबार सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

विद्यालयको शैक्षिक सुधार र विद्यार्थीको सिकाई उपलब्धीमा गुणस्तर कायम गर्न आफू क्रियाशिल हुने हिसानका केन्द्रीय सदस्य नवराज श्रेष्ठले नयाँ विश्वलाई बताउनुभयो ।

हिसानको अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । शर्मा १६० मत प्राप्त गरी विजयी भएका हुन् ।प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung