३ श्रावण २०८३, आईतवार

 

महिला भलिबलको उपाधि मेरो डेन्टललाई

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको आठौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेशस्तरीय खुला महिला भलिबल प्रतियोगिताको उपाधि मेरो डेन्टल होम बागलुङले जितेको छ।

बुधबार भएको फाइनल खेलमा नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङलाई ०–३ को सेटमा पराजित गर्दै मेरो डेन्टल होमले उपाधि जितेको हो । पहिलो सेट २५–७ ले आफ्नो पक्षमा पारेको मेरो डेन्टल होमले दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–१७ ले जित्यो ।

उपाधि जितेको मेरो डेन्टल होमले ट्रफीसहित नगद ८१ हजार पाँच सय रुपैयाँ प्राप्त गर्‍यो भने उपविजेता नेपाल सुनचाँदी व्यवसायी संघ बागलुङले ट्रफीसहित नगद ४१ हजार पाँच सय रुपैयाँ हात पारेको छ।

महोत्सवको अर्को आकर्षण गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता ९बिहीबार०देखि सुरु हुने प्रतियोगिताका संयोजक अकिलबहादुर क्षेत्री (ध्रुव)ले जानकारी दिए। पुरुष भलिबल प्रतियोगितामा १४ टिम सहभागी रहेको संयोजक क्षेत्रीले बताए।

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा ११ पुसदेखि सुरु भएको आठौँ बागलुङ महोत्सव २२ पुससम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung