४ श्रावण २०८३, सोमबार

 

न्यू ओएसिस एकेडेमीका विद्यार्थीलाई नेपाल बैंकको वित्तीय साक्षरता कार्यक्रम

बागलुङ । नेपाल बैंक लिमिटेड बागलुङ शाखाद्वारा विधुतिय आर्थिक कारोबार, वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बैंक बागलुङ शाखाले शुक्रबार बागलुङ नगरपालिका-४ उपल्लाचौरस्थित न्यू ओएसिस एकेडेमीका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता र डिजिटल बैंकिङ सम्वन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाल बैंक बागलुङ शाखाका प्रबन्धक कृष्णबहादुर कुँवरले विद्यार्थीहरुलाई विधुतिय आर्थिक कारोबार प्रणाली, मानविय आर्थिक क्रियाकलाप व्यवस्थापन तथा डिजिटल बैंकिङको बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा नेपाल बैंकले प्रदान गर्ने सेवाहरु, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कर्पोरेट पेल, वित्तीय अपराधलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।कार्यक्रममा १ सय ३५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

चर्को आर्थिक प्रतिस्पर्धा भएको बजारमा विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरुलाई आर्थिक ज्ञान हुनुका साथै वित्तीय व्यवस्थापनको शिक्षा आवश्यक भएको कार्यक्रमका प्रमुख अतिथि न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपानेले बताउनुभयो ।

कार्यक्रम नेपाल बैंक बागलुङका प्रबन्धक कृष्णबहादुर कुँवरको अध्यक्षता र सहायक प्रबन्धक रमाकान्त शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung