३ श्रावण २०८३, आईतवार

 

गलकोट बहुउद्देश्यीय सहकारीको १८औँ साधारणसभा र छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा हरिसिंह भण्डारी

गलकोट । गलकोट बहुउद्देश्यीय सहकारीको १८औँ वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।

साधारणसभामा सहकारीका अध्यक्ष डा. टंकप्रसाद चालिसेले प्रतिवेदन, सचिव वीरबहादुर बोहोरा क्षेत्रीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष वीरेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज गौतमले लेखा प्रतिवेदन र शिक्षा सुपरिवेक्षण समितिका संयोजक भगवान बोहोराले शिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गलकोट नगरपालिका-३ का वडा अध्यक्ष फमबहादुर खत्री, जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष गणेश बहादुर खत्री, सहकारीका निवर्तमान अध्यक्ष राम प्रसाद शर्मा, सल्लाहकार सुवेदार नरबहादुर खत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नियमित मासिक बचतकर्ताहरु लाल बहादुर खत्री, रत्ना अधिकारी, असल कारोबार तर्फ मनबहादुर खत्री, टेकनाथ शर्मा, नियमित मासिक बचत तर्फ गोविन्द उपाध्याय, दैनिक बचतकर्ता मन कुमारी सलामी, गगनबहादुर वस्नेत, अवधी बचततर्फ कमल बोहेरा, सुष्मा श्रेष्ठ, असल वाल बचत तर्फ सिद्धिका थापा, दिप्सना श्रेष्ठ र ज्येष्ठ सेयर सदस्य क्याप्टेन सोमप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो । सो अवसरमा न्यू लाईफ बोर्डिङ स्कुलका विद्यार्थीहरुले साकेला नाँच प्रस्तुत गरेका थिए ।

२ हजार ५ सय ८० जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०८१(०८२ मा ४ अर्ब ८२ करोड १४ लाख ८४ हजार ५ सय ९३ रुपैँयाको कारोबार गरेको छ भने, आर्थिक वर्ष २०८१(०८२ मा ३२ करोड ४७ लाख २९ हजार २ सय ३ रुपैयाँ बचत गरेको छ ।

कार्यक्रम गलकोट बहुउद्देश्यीय सहकारीका अध्यक्ष डा. टंक प्रसाद चालिसेको अध्यक्षता, उपाध्यक्ष छबिलाल शर्माको स्वागत र सचिव वीरबहादुर बोहोरा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

छैठौं अधिवेशनको अवसरमा हरिसिंह भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा छबिलाल शर्मा, सचिवमा वीरबहादुर बाहोरा क्षेत्री, कोषाध्यक्षमा वीरेन्द्र श्रेष्ठ, सहसचिवमा दिलिप श्रेष्ठ रहेका छन् ।

साथै समितिको सदस्यहरुमा राजेन्द्र श्रेष्ठ, रामबहादुर खत्री, भिमलाल शर्मा, नितु प्रधान श्रेष्ठ, धना खड्का चयन भएका निर्वाचन समितिका संयोजक देबेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

त्यस्तै नवराज गौतमको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन गरिएको छ ।

समितिको सदस्यहरुमा खिमनाथ गौतम र भगवान बोहोरा रहनुभएको छ । त्यस्तै कृष्ण गौतमको संयोजकत्वमा ३ सदस्यीय शिक्षा सुपरिवेक्षण समिति गठन गरिएको छ । समितिको सदस्यमा कविराज नेपाली र कमला बोहोरा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung