बागलुङ । धवलागिरि बचत तथा ऋण सहकारीको २६औँ साधारणसभा शनिवार काठमाडौं, सुन्धारामा संम्पन्न भएको छ ।
सभाले धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष महेन्द्र मान शाक्यको आर्थिक वर्ष २०८१ र ०८२ को वार्षिक प्रतिवेदन, आगामी आव २०८२ र ०८३ बजेट एवं कार्ययोजना, सचिव शरद कुमार प्रधानको प्रगति प्रतिवेदन, कोषाध्यक्ष अनन्त छन्त्यालको आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण प्रतिवेदनलाई सर्वसम्मतिले पारित गरेको छ ।
कार्यक्रममा जेष्ठ सेयर सदस्य डा. राम कुमार श्रेष्ठ. सहकारीका पूर्वअध्यक्ष श्रवण लाल शाक्य, संस्थापक अध्यक्ष शत्रुघ्न श्रेष्ठ, वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ र बागलुङ समाज कल्याण केन्द्र, काठमाडौंका अध्यक्ष डा. स्वंय प्रकाश श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्ष महेन्द्र मान शाक्यको अध्यक्षता, कार्यसमिति सदस्य बाल कुमार शाक्यको स्वागत र सचिव शरद कुमार प्रधानको संचालनमा सम्पन्न भएको थियो ।















































































































































































































