बागलुङ । धौलागिरी आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्था लि.को १८औँ साधारणसभा शनिबार संम्पन्न भएको छ । सभाले धौलागिरी आत्मनिर्भर बचत तथा ऋण सहकारीका सचिव सरिता किसानको प्रगति प्रतिवेदन, कोषाध्यक्ष महेश्वर किसान आर्थिक प्रतिवेदन आर्थिक वर्ष २०८१ /०८२ को वार्षिक प्रतिवेदन, लेखा समिति संयोजक जगबहादुर सुनारको लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा सहकारीका संस्थापक तथा पूर्व सल्लाहकार क्याप्टेन धनबहादुर सार्की, संस्थापक अध्यक्ष वीरबहादुर किसान, सल्लाहकार ताराबहादुर विश्वकर्मा, सल्लाहकार लक्ष्मी बोहारा, सल्लाहकार पशुराम विश्वकर्मा, जनविश्वास सहकारीका अध्यक्ष मनकाजी विश्वकर्मा र धौलागिरी सृजनशिल धातु सहकारीका अध्यक्ष रामबहादुर विश्वकर्माले मन्तव्य व्यक्त गरेका थिए ।
२०६४ सालमा संचालनमा आएको यस सहकारीमा सेयर सदस्य ४ सय ७७ जना, सेयर पुँजी १ करोड २० लाख, कारेबार रु ३ करोड ७१ लाख रहेको छ भने यस सहकारीले ४ जनालाई रोजगारी दिएको छ ।
साथै सहकारीमा उत्कृष्ट बचतकर्ता प्रेमबहादुर किसान, उत्कष्ट आवधिक बचतकर्ता भद्रकली सार्की, उत्कृष्ट बाल बचतकर्ता इभान बोहोरा, असल करोबारी अर्जुन दर्जी, १२ कक्षा मा उत्कृष्ट अंक लिएर पास गर्ने सरकारी विद्यालय तर्फ सोनिका विक र निजि विद्यालय तर्फ लेस्टर बोहोरा साथै ६० वर्ष उमेर नाघेका ११ जना जेष्ठ नागरिकलाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रम धौलागिरी आत्मनिर्भर बचत तथा ऋण सहकारीका अध्यक्ष दुर्गाबहादुर विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष प्रेमबहादु किसानको स्वागत र सचिव सरिता किसानको संचालनमा सम्पन्न भएको थियो ।
















































































































































































































