६ कार्तिक २०८३, बिहीबार

 

बागलुङ महोत्सवको झाँकी तथा र्‍यालीको प्रथम पुरस्कार न्यू एभरेष्ट एकेडेमीलाई

बागलुङ । गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि औद्योगिक व्यापार मेला एवं ८ औँ बागलुङ महोत्सव २०८२ को झाँकी तथा र्‍याली प्रदर्शनमा बागलुङ नगरपालिका-१ रामरेखास्थित न्यू एभरेष्ट एकेडेमी प्रथम भएको छ ।

झाँकी तथा र्‍यालीमा सहभागिमध्ये न्यू एभरेष्ट एकेडेमीले सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । एकेडेमीसहित नौ वटा संघसंस्थाहरु पुरस्कृत भएका थिए ।

कार्यक्रम बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य र ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विक हिमालले न्यू एभरेष्ट एकेडेमीका प्रिन्सिपल कृष्ण अधिकारीलाई नगद पाँच हजार र सम्मानपत्रले पुरस्कृत गरेका थिए ।

झाँकी तथा र्‍यालीका लागि विद्यार्थी, शिक्षकले गरेको मेहनतले उत्साहक जनक परिणाम दिएको प्रिन्सिपल अधिकारीले नयाँ विश्वलाई बताउनुभयो ।

बागलुङ महोत्सव पौष ११ गतेदेखि पौष २२ गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung