बागलुङ । नेपाल उद्योग व्यापार महासघ कर्णाली प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ । प्रदेश अधिवेशनले प्रेमबहादुर रावतको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा भुवन खड्का, उद्योग उपाध्यक्षमा तुलाधर पहाडी, वाणिज्य उपाध्यक्षमा दिवाकर गौतम, महिला उपाध्यक्षमा मन कुमारी बोहोरा, खुल्ला उपाध्यक्षमा मनोज बुढाथोकी, महासचिवमा देवीकृष्ण पाण्डे, कोषाध्यक्षमा खेमराज आचार्य, सचिवमा गोविन्द घिमिरे, सहकोषाध्यक्षमा कलशा देवी चौलागाई रहेका छन् ।
साथै सदस्यहरुमा लिलाराम पाण्डे, पूर्णबहादुर रोकाय, पवित्रा टमटा, धनराज जैसी, तेजबहादुर सिंह, लक्ष्मी बहादुर भण्डारी, रवे कामी, अम्मरबहादुर खड्का, दुर्गा थापा र डिलबहादुर गौतम रहेका छन् ।
अधिवेशनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग व्यापार महासघका वरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ, विशिष्ठ अतिथिहरु नेपाली कम्युनिस्ट पार्टी प्रदेश सयोजक विमला केसी र महासंघका महासचिव खिमलाल पराजुलीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।














































































































































































































