बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड, बागलुङको १७औँ साधारणसभा बिहिबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका सल्लाहकारहरु रामबहादुर जिसी, चण्डी प्रसाद शर्मा, दिपक गौतम, तेजेन्द्र थापा मगर र तोयानाथ गौतम, जिल्ला कृषि सहकारी संघ बागलुङका अध्यक्ष नरबहादुर थापाले मन्तव्य व्यक्त गरेका थिए ।
सभामा संस्थाका सचिव तेज प्रसाद शर्माले प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण पुनले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक मिनबहादुर केसी (मिलन) ले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भएको थियो ।
कार्यक्रम जिल्ला सहकारी संघ बागलुङकी अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षतामा, उपाध्यक्ष पिंगला खड्का जिसीको स्वागत र सचिव तेज प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
संघको आगामी ४ वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन हुन बाँकी रहेको छ । सर्वसम्मत नेतृत्व चयन गर्नको लागि जिल्ला सहकारी संघ बागलुङका सल्लाहकार रामबहादुर जिसीको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको संघले जनाएको छ ।
तस्बिर:आर्दश संचारबाट













































































































































































































