३ श्रावण २०८३, आईतवार

 

शुभलाभ बचत तथा ऋण सहकारीका नवनिर्वाचित अध्यक्ष राजभण्डारीले लिनुभयो पद तथा गोपनीयताको शपथ

बागलुङ । शुभलाभ बचत तथा ऋण सहकारीका नवनिर्वाचित अध्यक्ष, पदाधिकारीहरु, लेखा समितिका संयोजक र सदस्यहरुले १८औँ साधारणसभामा शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निर्वाचन समितिका संयोजक युक्त जंग राजभण्डारीसँग अध्यक्ष दुर्वलकाजी राजभण्डारी, उपाध्यक्ष दिपक ज्योति श्रेष्ठ, सचिव भिमसेन प्रसाद शाक्य, कोषाध्यक्ष रघुराम भारी, सह-सचिव मच्छिन्द्र शाक्य, सदस्यहरु विकास शाक्य, मधुसुदन राजभण्डारी, रन्जित प्रसाद श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, सुरज कुमार मलेपती, दिपरत्न श्रेष्ठ, लेखा समिति संयोजक गोविन्द प्रसाद वझा, सदस्यहरुमा राजेन्द्र राजभण्डारी र शान्तीमाया श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर प्रसाद मलेपतिले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको थियो ।

साधारणसभामा संस्थाका सचिव हिमालय प्रकाश श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रघुराम भारीले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समितिका संयोजक दिपक ज्योति श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेकोमा सर्वसम्मत पारित भएको थियो ।

सभालाई कार्यक्रमका प्रमुख अतिथि ईश्वर लाल बज्राचार्य, पूर्वसांसद रत्न शेरचन, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

जेष्ठ सेयर सदस्यबाट ईश्वर लाल बज्राचाय, कमल कुमारी श्रेष्ठ र उत्कृष्ठ बचतकर्ता राधिका भूमि श्रेष्ठ सम्मानित भएका थिए ।

कार्यक्रम शुभलाभ बचत तथा ऋण सहकारीका अध्यक्ष ईश्वर प्रसाद श्रेष्ठको अध्यक्षतामा, उपाध्यक्ष दुर्वलकाजी राजभण्डारीको स्वागत र सचिव हिमालय प्रकाश श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

२०६४ सालमा ईश्वर बज्राचार्यको नेतृत्वमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १ सय ४९ जना, सेयर पुँजी १ करोड ३३ लाख १ सय रहेको छ । बागलुङ नगरपालिका-३ लालिगुराँस चोकमा कार्यालय रहेको यस सहकारीले ४ जना युवालाई रोजगारी पनि दिएका छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung