३ श्रावण २०८३, आईतवार

 

गलकोट नगरपालिकाको १८औँ नगरसभा सम्पन्न, विभिन्न विधेयक र कार्यविधि पारित

गलकोट । गलकोट नगरपालिकाको १८औँ नगरसभाले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ लगायत विभिन्न विधेयक तथा कार्यविधि पारित गरेको छ ।

शुक्रबार सम्पन्न नगरसभाबाट लेखा समितिको कार्य सञ्चालन कार्यविधी–२०८२, गलकोट नगरपालिको न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, २०७५ लाई पहिलो संसोधन गर्न बनेको विधेयक र मेलमिलाप सम्बन्धी विधेयक–२०८२, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०८२ पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्मरबहादुर जिसीले जानकारी दिनुभयो ।

नगरसभामा नगरप्रमुख भरत शर्मा गैरेले आव २०८२र०८३ को हालसम्म भएको आम्दानी–खर्चको विवरण र नीति तथा कार्यक्रमको लक्ष्य तथा उद्देश्य अनुसार सम्पादन गरिएका कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

चालु आवको कुल बजेट रु। ७१ करोड ७४ लाख ७ हजार ६ सय रुपैयाँमध्ये रु। २१ करोड १२ लाख २९ हजार खर्च भएको उनले उल्लेख गरे । चालुतर्फ ३७ दशमलव ६४ प्रतिशत र पूँजीगत तर्फ ५ दशमलव ७५ प्रतिशत खर्च भएको जानकारी दिनुभयो।

नगरसभामा नगर उपप्रमुख फमलाल निउरेले विनियोजन ऐन संशोधन गर्न बनेको विधेयक–२०८२ र गलकोट नगरपालिकाको चालु आवको कार्यक्रम र बजेट संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

नगर सभाले न्यायिक समितिको प्रतिवेदन, सामाजिक विकास समितिको प्रतिवेदन, आर्थिक विकास समितिको प्रतिवेदन, पूर्वाधार विकास समितिको प्रतिवेदन, सुशासन समितिको प्रतिवेदन र विपद् व्यवस्थापन समितिको प्रतिवेदन पारित गरेको छ ।

नगरसभाले विभिन्न कार्यक्रम तथा योजनामा बजेट रकामान्तर तथा संशोधन गर्ने निर्णय गरेको नगर उपप्रमुख फमलाल निउरेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung