३ श्रावण २०८३, आईतवार

 

बागलुङ नगरपालिकाको १८औँ नगरसभा सम्पन्न

बागलुङ । बागलुङ नगरपालिका कार्यालयको १८औँ नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ । सभामा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रमको समीक्षात्मक वक्तव्य प्रस्तुत गरेका थिए । उनले नगरपालिकाले गरेका नीतिगत उपलब्धी, भौतिक उपलब्धी, सामाजिक उपलब्धी, आर्थिक उपलब्धीका बारमो सभा समक्ष जानकारी गराएका थिए ।

नगरसभामा नितिगत तर्फ डोजर लगाउने परिपाटीको अन्त्य नयाँ घर निर्माण पश्चात घरको चारैतर्फको खाली भागमा प्लाटर गर्नुपर्ने व्यवस्था र नक्सापास प्रकृयालाई इबिपिएस प्रणाली मार्फत अनलाई गर्ने कार्य लगायतका कामलाई उपलब्धीको रुपमा प्रस्तुत गरिएको छ ।
त्यसैगरी भौतिक उपलब्धी तर्फ पूर्वाधार विकास, विभिन्न सडक खानेपानीका आयोजना निर्माणका लागि उपलब्धीको रुपमा राखिएको छ ।

सामाजिक उपलब्धीमा बालमैत्री स्थानीय शासनयुक्त नगरघोषणालाई पहिलो उपलब्धीमा राखिएको छ भने क्लिन बागलुङ अभियान, नगर शिक्षा क्षेत्रमा समग्र विकासको लागि विद्यार्थी संख्या र शिक्षक विद्यार्थीको अनुपात समेतको आधारमा विद्यालय स्थगत र तह मिलानको कार्य रहेका छन । त्यसैगरी नगरको छोरी, श्रमिक पहिचान पत्र, स्थानीय आपतकालिन कार्य संचालन केन्द्र निःशुल्क एम्बुलेन्स सेवा जस्ता कार्यक्रम संचालन ल्याएको यस अवधिको उपलब्धी भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पर्यटन तर्फ प्रसिद्ध बागलुङ कालिका, भैरवस्थान, शालिग्राम संग्राहलय, पञ्चकोट लगायतका धार्मिक पयृटकिय क्षेत्रको जानकारी मुलक विवरणलाई विश्वका १० वटा भाषामा हेर्न र पढन मिल्ने गरी क्युआर कोषण्को व्यवस्था गरिएको पनि नगरको उपलब्धीको रुपमा लिईएको छ ।

नगरपालिकाले आर्थिक तर्फ कृषि तथा पशुपालन क्षेत्रमा गरिएका विकासलाई नै उपलब्धीको रुपमा लिएको छ । पशु स्वास्थ्यका लागि घरदैलो कार्यक्रम, दुध अण्डा मासुर तरकारीमा आत्मनिर्भर नगर बनाउने कार्यक्रम पनि उपलब्धीको रुपमा लिईएको छ ।

नगरसभामा कुकुर आवास संचालनको काम अन्तिम चरणमा पुगेको जानकारी गराईएको थियो । त्यसैगरी उज्यालो बागलुङ कार्यक्रम अन्तरगत बजार क्षेत्रमा १० वटा स्थानमा हाईमास्ट सडक बत्ती जडान कार्यसुरु भएको मालढुंगादेखि आर्मी व्यारेक चोकसम्म सडक बत्ति जडानको काम सम्पन्न भएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

नगरपालिकाको लोकप्रिय कार्यक्रम नगरको छोरी कार्यक्रम अन्तरग यस वर्ष ५५ सहित हालसम्म २३३ जना छोरीको मुद्धती खाता संचालनमा आएको छ ।

नगरसभाले दुई विधेयक पारित गरि नगरसभा सम्पन्न गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ र स्थानिय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ पारित गर्दै नगरसभा सम्पन्न भएको श्रेष्ठले जानकारी दिए ।

आर्थिक वर्ष २०८२।०८३को मध्यावधिमा आईपुग्दा हालसम्मको आन्तरिक तथा बाह्रय राजश्व परिचालन तथा समग्र बजेटको परिचालन तर्फको यथार्थ विवरण प्रस्तुत गरेका थिए ।

नगरपालिकाले कुल १ अर्व ३० करोड ९५ लाख ५८ हजार ५६९ रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेकोमा संघीय सरकारबाट ४८ करोड ४६ लाख २३ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट १ करोड ५९ लाख ४१ हजार रुपैयाँ, राजश्वबाँडफाड बाट ५ करोड ९१ ला ख८९ हजार ८ सय ३१ रुपैयाँ, र आन्तरिक श्रोत तर्फ बैंक मौज्दात समेत गरी ४ करोड ६२ ालख ७५ हजार ३६४ रुपैया गरी कुल ७० करोड ३५ लाख २९ हजार ४७३ रुपैयाँ राजश्व संकलन गर्ने अनुमान गरेको छ ।

नगरपालिकाको हालसम्म चालु तर्फ २७.१९ प्रतिशत र पुँजीगत तर्फ १४.६ प्रतिशत बजेत खर्च भएको उपप्रमुख खड्काले जानकारी दिए । त्यसैगरी वित्तिय व्यवस्था तर्फ कुल २ करोड ३० लाख ९८ हजार रुपैया विनियोजन भएकोमा हालसम्म खर्च भएको छैन । समग्र नगरपालिकाको हालसम्म २२।४५ प्रतिशत वित्तीय प्रगती भएको खड्काले जानकारी दिए ।

नगरसभाबाट ४४ वटा योजनाहरु संसोधन गरिएको छ भने ११ वटा ऐनमा केही कुराहरु संशोधन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत धनप्रसाद पोखरेलले जानकरी दिए । नगरपालिकामा हालसम्म ६ वठा ऐन, ४२ वटा कार्यविधि र १४ वटा निर्देशिका मापदण्ड र नीती निर्माण भएका छन ।

पिपुल्सखबरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung