३ श्रावण २०८३, आईतवार

 

लहरेपिपल बहुउद्देश्यीय सहकारीको २६औँ साधारणसभा सम्पन्न

बागलुङ । लहरेपिपल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २६औँ साधारणसभा बागलुङ बजारमा सम्पन्न भएको छ ।

सभामा लहरेपिपल बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष तथा बागलुङ नगरपालिका ६ का वडा अध्यक्ष रुद्रबहादुर केसी, सल्लाहकारहरु माधव प्रसाद उपाध्याय, नगेन्द्रराज शर्मा, राष्ट्र सेवक सहकारीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।

सभाले सचिव जितबहादुर कार्कीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष हेमलाल उपाध्यायको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक बलराम शर्माको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रम लहरेपिपल बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुलबहादुर कार्कीको अध्यक्षता, उपाध्यक्ष नारायण प्रसाद सापकोटाको स्वागत र व्यापार व्यवस्थापन उपसमितिका सदस्य नारायण प्रसाद आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

२०५७ साल को नेतृत्वमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या ४ सय ८७ जना, सेयर पुँजी १ करोड ३० लाख र २ करोड ७९ लाख लगानी रहेको छ । बागलुङ नगरपालिका-३ राधाकृष्णटोलमा कार्यालय रहेको यस सहकारीले ४ जना युवालाई रोजगारी पनि दिएका छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung