४ श्रावण २०८३, सोमबार

 

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामेश्वरप्रसाद बस्याल नियुक्त

बागलुङ। सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको निर्णयअनुसार बस्यालको नियुक्ति पुस २५ देखि लागू हुनेछ।

३६ वर्षको बैंकिङ अनुभव रहेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदमा रही कार्य गर्दै महत्वपूर्ण अनुभव हासिल गरेका थिए।

त्यसपछि सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई प्रबन्धकदेखि नायब प्रमुख कार्यकारी अधिकृतसम्मको जिम्मेवारी नेतृत्व सम्हाल्दै आएका छन्।

उनले लामो बैंकिङ करियरका क्रममा समग्र बैंक सञ्चालनसम्बन्धी अनुभव हासिल गरेका छन्। विशेषतः बजार व्यवस्थापन, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको उल्लेखनीय योगदान रहेको बैंकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung