बागलुङ । आइतबार बागलुङ बजारमा सम्पन्न व्यापार बचत तथा ऋण सहकारीको १३औँ साधारणसभाले रविन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा गोकुल प्रसाद कँडेल, सचिवमा मातृका प्रसाद आचार्य, कोषाध्यक्षमा घनश्याम शर्मा, सहसचिवमा इनम राज श्रेष्ठ चयन भएका छन् ।
साथै सदस्यहरुमा सिता ठकुरी, केशव प्रसाद वझा, मुरारी गैरे, सन्ध्या श्रेष्ठ राजभण्डारी, जय प्रसाद पौडेल र अनिश खाति रहेका छन् ।
त्यस्तै लेखा तथा सुपरिवेक्षेण समितिको संयोजकमा विमल श्रेष्ठ र सदस्यहरुमा विजेश्वर वझा र शिव प्रसाद गैरे रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता उत्तमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।













































































































































































































