बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षको लागि उपाध्यक्ष युवराज राजभण्डारी र लेखा समितिका संयोजक एकबहादुर केसीले उम्मदवारी दिएका छन् ।
आज विहान ८ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो ।
उम्मेदवारी फिर्ता लिने समय आइतबार दिउँसो ४ बजेसम्म रहे पनि अध्यक्षका उम्मेदवारबिच सहमति पनि नभएको र अध्यक्षका उम्मेदवार राजभण्डारी र केसीमध्ये कसैले पनि नाम फिर्ता नलिएकाले अध्यक्षको पदका लागि निर्वाचन हुने भएको छ ।
निर्वाचन कार्य तालिका अनुसार पौष २८ गते विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय रहेको छ ।
साथै उपाध्यक्षमा रुद्रबहादुर महत, सचिवमा रिता देवी शर्मा, कोषाध्यक्षमा लक्ष्मण प्र्रसाद शर्मा, सदस्यहरुमा हरि रुचाल, ओमबहादुर क्षेत्री, शम्मी कपुर श्रेष्ठ, अनुज श्रेष्ठ र लेखा सुपरिवेक्षण संयोजकमा कृष्ण शर्मा र हरिराम अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य अधिवक्ता गोविन्द प्रसाद वझाले नयाँ विश्वलाई बताउनुभयो ।
एकता सहकारीको कार्यसमितिको निर्वाचनमा एक हजार ८ सय ८५ जना सेयर सदस्य सहभागि हुनेछ ।













































































































































































































