बागलुङ । आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ साधारणसभा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सहकारीका पूर्वअध्यक्ष तथा सल्लाहकारहरु उत्तम राजभण्डारीले सहकारीलाई संस्थागत ढंगले संचालन गर्न र सेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनमा परिर्वतनका लागि केन्द्रीत हुनु पर्ने बताउनु भयो ।
हामी शेयर सदस्यहरुलाई अझ अत्याधुनिक प्रभावकारी सेवा दिन लागेका छौं, शेयर सदस्यको दिगो आर्थिक विकासमा सधै क्रियाशील हुने सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनु भयो।
कार्यक्रममा सहकारीका सेयर सदस्य तथा बागलुङ उद्योग वाणिज्य संघका विशिष्ठ उपाध्यक्ष संजय कुमार श्रेष्ठ, साना किसान सहकारी संस्थाका अध्यक्ष यमदत्त कँडेलले मन्तव्य व्यक्त गरेका थिए । सभाले सचिव निलेश राजभण्डारीको प्रगति प्रतिवेदन, कोषाध्यक्ष जय राजभण्डारीको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक सुजन श्रेष्ठको लेखा प्रतिवेदन पारित गरेको थियो ।
कार्यक्रमको असल बचतकर्ता, असल ऋणी, असल कारोबार गर्ने सेयर सदस्यहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रम आस्था बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सुन्दर श्रेष्ठको स्वागत र सचिव निलेश राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।
२०६९ जेठ १ गते सालमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या २ सय ९४, सेयर पुँजी २ करोड १२ लाख रहेको छ । बागलुङ नगरपालिका-३ धौलागिरि चोकमा कार्यालय रहेको सहकारीले ७ जना युवाहरुलाई रोजगारी पनि दिएको छ ।



















































































































































































































