३ श्रावण २०८३, आईतवार

 

शंखधर बहुमुखी सहकारीको अध्यक्षमा युक्त जंग राजभण्डारी, सचिवमा निरज शाक्य र्निविरोध निर्वाचित

बागलुङ । शंखधर बहुमुखी सहकारीको २३औँ साधारणसभाले युक्त जंग राजभण्डारीलाई अध्यक्षतामा निर्वाचित गरेको छ।अध्यक्ष पदका लागि सोमबार सचिव युक्त जंग राजभण्डारीको मात्र उम्मदवारी परेकोले राजभण्डारी र्निविरोध निर्वाचित भएका हुन् ।

साथै समितिको उपाध्यक्षमा मनोहर बज्राचार्य, सचिवमा निरज शाक्य र लेखा समितिमा संजिव कुमार श्रेष्ठ र्निविरोध निर्वाचित भएका छन् ।

समितिको कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ र मनोज कुमार श्रेष्ठ, सहसचिवमा विन्दु सागर राजभण्डारी, अनुज श्रेष्ठ र सुनिल श्रेष्ठको उम्मेदवारी परेको छ । साथै

छ जना सदस्य चाहिने संचालन समितिको सदस्यहरुमा रेनुका राजभण्डारी, जगदिश्वर राजभण्डारी, विक्रम प्रसाद शाक्य, सुमन जंग राजभण्डारी, बद्री कुमार श्रेष्ठ, शिव शाक्य, नारायण देवी राजभण्डारीले उम्मदवारी दिएको निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द प्रसाद वझाले जानकारी दिनुभयो ।

लेखा समितिको सदस्यमा कुनै पनि उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung