बागलुङ । एकता सहकारी संस्था लिमिटेड बागलुङको अध्यक्षमा युवराज राजभण्डारी र्निविरोध निर्वाचित भएका छन् । एकबहादुर केसीले उम्मदवारी फिर्ता लिएपछि राजभण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् ।
साथै उपाध्यक्षमा रुद्रबहादुर महत, सचिवमा रिता देवी शर्मा, कोषाध्यक्षमा लक्ष्मण प्रसाद शर्मा पनि र्निविरोध निर्वाचित भएका छन् ।
उपाध्यक्षमा, सचिवमा र कोषाध्यक्षमा रुद्रबहादुर महत, रिता देवी शर्मा, लक्ष्मण प्रसाद शर्मा मात्र एकल उम्मेदवारी परेको थियो ।
यस्तै ३ जना महिला सदस्यहरुका लागि हिरादेवी शर्मा, बबिता शर्मा र पार्वती परियारको मात्र उमेदवारी परेकोले तीन जना नै निर्विरोध निर्वाचित हुनु भएका छन् । निर्वाचित भएको घोषणा भोलि हुने भएको छ ।
खुल्ला २ सदस्यका लागि शम्मी कपुर श्रेष्ठ, अनुज श्रेष्ठ, ओम बहादुर क्षेत्री र हरि रुचालले उमेदवारी दिएका छन् भने लेखा सुपरिवेक्षण समिति संयोजकमा कृष्ण शर्मा र हरिराम अधिकारीले उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य अधिवक्ता गोविन्द प्रसाद वझाले नयाँ विश्वलाई बताउनुभयो ।
पौष २९ गते मंगलबार दिउँसो ४ बजेसम्म नाम फिर्ता लिने समय रहेको निर्वाचन समितिले जनाएको छ ।













































































































































































































