बागलुङ । धवलागिरि बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा प्रा. डा. दिनबहादुर थापा पुन चयन भएका छन् ।
त्रिभुवन विश्व विद्यालयको कार्यकारी समितिको गत पुष २१ गते सम्पन्न बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।
सोमबार सम्पन्न पदस्थापन कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पस क्याम्पस प्रमुख सह-प्राध्यापक डा. सुर्दशन सिलवाल, स्ववियु अध्यक्ष आस्मिन सेख, प्राध्यापक संघ इकाइ समितिका सभापति उप-प्राध्यापक भक्तिराम न्यौपाने, कर्मचारी संघ इकाइका सभापति शिव राज पन्तले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सह-प्राध्यापक डा. सुर्दशन सिलवालको अध्यक्षता, सहायक क्याम्पस प्रमुख उप-प्राध्यापक हरि प्रसाद पाण्डेको स्वागत र सहायक क्याम्पस प्रमुख उप-प्राध्यापक डा. डिल्लीराज गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































