बागलुङ । जनविश्वास बचत तथा ऋण सहकारीको संस्था लिमिटेडको १६औँ साधारणसभा बागलुङ बजारमा शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै जनविश्वास बचत तथा ऋण सहकारीका सल्लाहकार ताराबहादुर विश्वकर्माले सहकारीलाई संस्थागत रुपमा सञ्चालन गर्नुपर्ने र सेयर सदस्यको पहुँचमा हुनुपर्ने बताउनुभयो ।
सभामा जनविश्वास बचत तथा ऋण सहकारीकी सल्लाहकारहरु टिकाकुमारी विश्वकर्मा, अनिष खाती, निर्वतमान अध्यक्ष परशुराम विश्वकर्माले मन्तव्य व्यक्त गरेका थिए ।
सभाले सचिव टेकबहादुर विश्वकर्माको प्रगति प्रतिवेदन, कोषाध्यक्ष धनकाजि विश्वकर्माको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक राजेन्द्र विश्वकर्माको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
कार्यक्रममा सहकारीको प्रबन्धक शर्मिला निउरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रम जनविश्वास बचत तथा ऋण सहकारीका अध्यक्ष मनकाजि विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष बाबुरा विश्वकर्माको स्वागत र सचिव टेकबहादुर विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।
२०६८ सालमा स्थापना भएको यस सहकारीको सेयर सदस्य संख्या १ सय ६६ जना रहेको र ६१ लाख सेयर पुँजी रहेको छ । बागलुङ नगरपालिका–३ भूपी चोकमा कार्यालय रहेको यस सहकारीले २ जना युवालाई रोजगारी पनि दिएको छ ।














































































































































































































