३ श्रावण २०८३, आईतवार

 

नयाँ विश्व बचत तथा ऋण सहकारीको चौथौं साधारण सभा सम्पन्न, सेयर वृद्धि अभियान संचालन गर्ने

बागलुङ । नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाको चौथौं साधारण सभा शनिबार सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि नयाँ विश्व बचत तथा ऋण सहकारीका सल्लाहकार लालचन्द्र राजभण्डारीले सहकारी स्वायत्त संस्था भएकाले बचत तथा ऋणसँगै सेयर सदस्यलाई जोडेर उद्यमी गर्न र रोजगारी सृजना गर्नु अहिलेको मुख्य आवश्यक रहेको बताउनुभयो ।

सहकारीलाई विधि र कानुनको परिधिमा रहेर सञ्चालन गर्न र सही ढंगले संचालन गर्न सके कुनै समस्या नआउने राजभण्डारीले बताउनुभयो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका पूर्वनगर प्रमुख जनकराज पौडेल, नेपाल परिवार नियोजन संघका केन्द्रिय कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, बागलुङ नगरपालिका २ का वडा सदस्य विदेश कुमार श्रेष्ठ, धौलागिरी अटोमोबाइल व्यवसायी संघका अध्यक्ष शिव शंकर शाह, विद्यामन्दिर पुस्तकालका अध्यक्ष रामचन्द्र शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बाल बचत, उत्कृष्ट मुद्दती बचत, उत्कृष्ट बचत, उत्कृष्ट कारोबार, उत्कृष्ट कर्जा, उत्कृष्ट जोडी, शेयरवृर्दि र जेष्ठ शेयर सदस्यहरुलाई सम्मान गरिएको थियो ।

साधारणा सभामा सचिव गगनबहादुर पुन मगरको प्रगति प्रतिवेदन, कोषाध्यक्ष चुडामणि सापकोटाको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक निर्मलबहादुर श्रेष्ठको लेखा समितिको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो ।

सभाले सहकारीको सेयर पुँजी एक करोड पुर्रयाउने लक्ष्यका साथ सेयर वृद्धि अभियान संचालन गर्ने निर्णय गरेको छ । कार्यक्रम नयाँ विश्व बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष अर्जुन चोखालको स्वागत तथा सचिव गगनबहादुर पुन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

विसं २०७७ असोज १० गते २७ जना शेयर सदस्यहरुबाट शुरू भएको सहकारीमा हाल ९६ शेयर सदस्य रहेका र शेयर पुँजी ३८ लाख ५ हजार पुगेको छ । सहकारीले तीन जनालाई रोजगारी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung