६ कार्तिक २०८३, बिहीबार

 

स्थापना दिवसमा विद्यामन्दिर पुस्तकालयद्वारा रुद्रपिपल माविलाई डस्टबिन सहयोग

बागलुङ । विद्यामन्दिर पुस्तकालयले स्थापना दिवशको उपलक्ष्यमा रुद्रपिपल माध्यमिक विद्यालयलाई फोहर संकलन गर्ने डस्टबिन सहयोग गरेको छ ।

पुस्तकालयको ७९औँ स्थापना दिवशको उपलक्ष्यमा पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले बुधबार दुई वटा डस्टबिन विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद गौतमलाई प्रदान गर्नु भएको हो ।

कार्यक्रममा विद्यामन्दिर पुस्तकालय अध्यक्ष रामचन्द्र शर्मा र प्रधानाध्यापक कृष्ण प्रसाद गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन विद्यामन्दिर पुस्तकालयका कार्यसमिति सदस्य तथा पूर्वअध्यक्ष गोविन्द प्रसाद वझाले गर्नु भएको थियो । पुस्तकालय बागलुङले स्थापना दिवस त्रिदिवसीय कार्यक्रमसहित मनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung