३ श्रावण २०८३, आईतवार

 

जिल्ला सहकारी संघ बागलुङको पदस्थापन सम्पन्न

बागलुङ । जिल्ला सरकारी संघ लिमिटेड बागलुङको नव निर्वाचित संचालक समितिको पदस्थापन गरिएको छ । १७औँ साधारण सभाबाट निर्वाचित संचालक समितिको पदस्थापन गरिएको हो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माले नव निर्वाचित अध्यक्ष खिमबहादुर कार्की, उपाध्यक्ष पिंगला खड्का जिसी, सचिवमा गणेश नेपाली, कोषाध्यक्षमा पूर्ण प्रकाश पौडेल र सदस्यहरुमा गगनबहादुर पुन, जगन्नाथ सापकोटा, शिव कुमारी खत्री, तिलक खड्का र मनुदेवी गुरुङ लाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको संयोजकमा निर्वाचित डिलबहादुर केसी, सदस्यहरुमा थानेश्वर सुवेदी र सरिता अधिकारी पन्तलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

कार्यक्रममा प्रतिवद्धता मन्तव्य व्यक्तगर्दै नवनिर्वाचित अध्यक्ष खिमबहादुर कार्कीले सबैसँगको सहकार्यमा संघलाई अझै बलियो बनाउने बनाउनु भयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष हुमा कुमारी जिसी अञ्ज, सल्लाहकार तोयानाथ गौतम, नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्य, काठेखोला गाउँपालिका ४ का अध्यक्ष लक्ष्मण पुन, लेखा सुपरिवेक्षण समिति निवर्तमान संयोजक मिलन केसीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

निर्वाचन समितिका संयोजक अधिवक्ता राम शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार तथा अधिवक्ता प्रकाश बरालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung