५ कार्तिक २०८३, बुधबार

 

विद्यामन्दिर माविमा सरस्वती पूजा

बागलुङ । बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयमा शुक्रबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी मनाइएको छ ।

माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्टात्रीदेवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाउने परम्परा रहेको छ ।

प्रधानाध्यापक छवि रमण रेग्मीका अनुसार विद्यालयमा बिहानदेखि पूजा–आराधना गरिएको छ । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए ।ससाना बालबालिकाहरुले आजदेखि अक्षर आरम्भ गरेका छन् ।

पञ्चमीबाट अक्षर आरम्भ गर्दा ज्ञान प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने सहायक प्रधानाध्यापक मुुकुन्द प्रसाद शर्माले बताउनुभयो ।

पञ्चमीमा सीप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गरिन्छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराउनुछन् ।

विद्यार्थीसहित विद्यालयका शिक्षक, अभिभावक पनि पूजामा सहभागी भएको विहानी ईन्चार्ज शिक्षक कुलराज शर्माले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung