६ कार्तिक २०८३, बिहीबार

 

चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलमा सरस्वती पूजा र अक्षरारम्भ गर्नेको घुइँचो

बागलुङ । बागलुङ नगरपालिका–१ रामरेखास्थित चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलमा शुक्रबार पूजा–आराधना गरी भव्य रुपमा श्रीपञ्चमी मनाइएको छ ।माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्टात्रीदेवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाईन्छ ।

चिल्ड्रेन लाइफ इङ्लिस बोडिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठका अनुसार विद्यालयमा बिहानदेखि पूजा–आराधना गरिएको छ । देवी सरस्वतीको स्वरुपमा सजिएर विद्यार्थीले विद्यालयमा पूजाआजा गरेका थिए ।ससाना बालबालिकाहरुले आजदेखि अक्षर आरम्भ गरेका छन् ।

पञ्चमीबाट अक्षर आरम्भ गर्दा ज्ञान प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

देवदिनमा अक्षर लेख्न सुरु गरे आध्यात्मिक, भौतिक र सामाजिक ज्ञान प्राप्त हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर कँडेलले बताउनुभयो । आज ७१ जना शिशु बालबालिकाहरुले अक्षर आरम्भ गरेको विद्यालयले जनाएको छ ।

पञ्चमीमा सीप सिक्ने, अक्षरारम्भ गर्ने र नाक, कान छेडाउने लगायतका कार्य गरिन्छ । यो दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहेकाले अभिभावकले विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षण संस्थामा लगेर अक्षरारम्भ गराउनुछन् ।

विद्यार्थीसहित विद्यालयका शिक्षक, अभिभावक पनि पूजामा सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung