बागलुङ । रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङको ७३औँ वार्षिकोत्सव, अभिभावक दिवस, सरस्वती पूजा र बालबालिकाहरुको अक्षरारम्भ सम्पन्न भएको छ ।
धौलागिरि अञ्चलकै जेठो विद्यालयको रुपमा २००९ मा स्थापित रुद्रेपिपल माविले सप्ताहव्यापी कार्यक्रम आयोजना गरि ७३औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिका-२ का वडा अध्यक्ष सुरज बोसेलले पूर्वाधारका हिसावले नमूना विद्यालय बनेको बताउँदै गुणस्तर र सिकाई उपलब्धी हासिल गर्नको लागि सबैको सहकार्य आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रममा अक्षय कोषदाता टिकाराम कँडेलले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद गौतमले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम रुद्रेपिपल माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बोहराको अध्यक्षता, सहायक प्रधानाध्यापक सिता नेपालीको स्वागत र शिक्षक सागर पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
मूल समारोहमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । यस विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्म ४ सय ८० जना विद्यार्थी अध्यापन गर्छन् ।



































































































































































































