५ कार्तिक २०८३, बुधबार

 

कालिका कन्या माविको ६७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बागलुङ । श्री कालिका कन्यामाध्यमिक विद्यालय बागलुङको ६७औँ वार्षिकोत्सव, अभिभावक दिवस, सरस्वती पूजा र बालबालिकाहरुको अक्षरारम्भ सम्पन्न भएको छ ।

धौलागिरि अञ्चलकै जेठो विद्यालयको रुपमा २०१५ मा स्थापित यो विद्यालयले सप्ताहव्यापी कार्यक्रम आयोजना गरि ६७औँ वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको उद्घाटन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षका पूर्वअध्यक्ष तथा समाजसेवी भिमसेन कुमार श्रेष्ठले गुणस्तर र सिकाई उपलब्धी वृद्धि गर्न शिक्षक र विद्यार्थीले अझ बढि मेहनत गर्नु पर्ने बताउनु भयो ।

वार्षिकात्सवमा शिक्षकहरु ईश्वरी शर्मा र ताराबहादुर विश्वकर्मा सम्मानित भएका थिए ।

कार्यक्रममा निर्वतमान प्रधानाध्यापक धनराज सापकोटा, अक्षयकोषदाता चित्रलाल शाक्य, सम्मानित शिक्षक ईश्वरी शर्माले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुर्दशन कँडेलले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम श्री कालिका कन्या माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयराम भारीको अध्यक्षता, शिक्षक हुमा रिजालको स्वागत, शिक्षक ईश्वर ठाकुर पौडेलको धन्यवाद मन्तव्य र शिक्षक दिलबहादुर किसान संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung