२० भाद्र २०८३, शनिबार

 

समाजसेवी मन्दिरा श्रेष्ठद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक सहयोग

बागलुङ । समाजसेवी मन्दिरा श्रेष्ठले म्याग्दीका तीन विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभएको छ ।

इनर ह्वील क्लब अफ बालाजुका अध्यक्ष तथा समाजसेवी श्रेष्ठले ज्ञानोदय माध्यमिक विद्यालय मौवाफाँट, धवलागिरि माध्यमिक विद्यालय सिङ्गा र वालजागृति आधारभूत विद्यालय बगुवाखोलाका विद्यार्थीलाई ४६ हजार ५ सय ३६ रुपैयाँ बराबरको शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभएको थियो ।

उक्त सहयोग समाजसेवी अनोद श्रेष्ठ र निर्मला श्रेष्ठको समन्वय र सहजिकरणमा भएको थियो ।

समाजसेवी श्रेष्ठले यसअघि पनि विभिन्न प्राकृतिक र दैवी प्रकोपका समयमा पीडितहरूलाई राहत सामग्री र आर्थिक सहयोग गर्दै आउनुभएको थियो ।

श्रेष्ठले बेनी नगरपालिका-५ पुलाचौर नयाँ गाउँका एकल महिला नन्दकलि विकको आवासका लागि पनि आर्थिक सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung