बागलुङ । नेपाली कम्युनिष्ट पार्टी बागलुङ नेकपा तथा राष्ट्रिय जनमोर्चा बागलुङ राजमो का संयुक्त वाम उम्मदेवार ज्ञामनाथ गैरे अनिललाई विजयी बनाउन ढोरपाटनमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा सम्पन्न संयुक्त बैठकले भिम गौतमको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
विहिबार सम्पन्न बैठकले भिम गौतम संयोजक र तमबहादुर घर्ती सहसंयोगक भएको १ सय ५१ सदस्यीय पालिका स्तरिय निर्वाचन परिचालन समिति गठन भएको छ ।
बैठकलाई संयुक्त वाम उम्मदेवार ज्ञामनाथ गैरे अनिल, नेकपा केस तथा २ नम्बर निर्वाचन परिचालन संयोजक फमलाल निउरे, नेकपाका केन्द्रीय सदस्यहरु कमल घिमिरे, निलबहादर पुन, राजिव घिमिरे, राजमो बागलुङका सचिव भिमलाल पोखरेल, नेकपा बागलुङका संयोजक प्रकाश घर्तीले मन्तव्य व्यक्त गरेका थिए ।
बैठकले मतदाता शिक्षा, चुनावी घरदैलो कार्यक्रमको कार्यतालिका, सम्पर्क कार्यालय स्थापनालगाएतका जिम्मेवारी बाँडफाँड गरेको छ ।
बैठक नेपाली कम्युनिष्ट पार्टी ढोपाटन नगरकमिटिका अध्यक्ष हेमेन्द्र घर्तीको अध्यक्षत र राष्ट्रिय जनमोर्चाका कुल बहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।








































































































































































































