बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ (राजमो) र नेपाली कम्युनिष्ट पार्टी बागलुङ (नेकपा) का संयुक्त वाम उम्मदेवार कृष्ण अधिकारीलाई विजयी बनाउन काठेखोला गाउँपालिकामा निर्वाचन परिचालन समिति गठन भएको छ ।
काठेखोला गाउँपालिकाको खिमडाँडा बजारमा सम्पन्न संयुक्त बैठकले राजमो बागलुङका सचिवालय सदस्य लक्ष्मण पुनको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ ।
शुक्रबार सम्पन्न बैठकले पुन संयोजक र टिका थापा सहसंयोगक भएको ३ सय १ सदस्यीय पालिका स्तरिय निर्वाचन परिचालन समिति गठन भएको छ ।
बैठकलाई संयुक्त वाम उम्मदेवार कृष्ण अधिकारी, नेकपाका समानुपातिक उम्मेदवार वलावती शर्मा, केन्द्रीय सदस्य कृष्ण केसी, नेकपाका बागलुङ नगर ईन्चार्ज कुमार विक्रम क्षेत्री, राजमो बागलुङका अध्यक्ष तिलक थापाले मन्तव्य व्यक्त गरेका थिए ।
बैठकले मतदाता शिक्षा, चुनावी घरदैलो कार्यक्रमको कार्यतालिका, सम्पर्क कार्यालय स्थापनालगाएतका जिम्मेवारी बाँडफाँड गरेको छ ।
बैठक राष्ट्रिय जनमोर्चा राजमो बागलुङका सचिवालय सदस्यका लक्ष्मण पुनको अध्यक्षता र नेकपाका काठेखोला गाउँसमितिका सदस्य मिलन थापाको सञ्चालनमा सम्पन्न भएको थियो







































































































































































































