४ श्रावण २०८३, सोमबार

 

नेशनल लाईफको ‘मन्थन २०८२’ अन्तर्गत एकदिने अभिकर्ता तालिम सम्पन्न

बागलुङ।  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना मन्थन २०८२ अन्तर्गत छनोट भएका अभिकर्ताहरूका लागि एकदिने तालिम कार्यक्रम सम्पन्न गरेको छ। बागमती र मधेश प्रदेशका विभिन्न शाखामा आबद्ध २८० अभिकर्तालाई धुलिखेलस्थित होटल सारथीमा तालिम प्रदान गरिएको हो।

कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृति राज कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा चर्चित प्रशिक्षक काजिम रजाले एमडिआरटी लक्ष्य हासिल गर्ने व्यावहारिक उपायबारे प्रशिक्षण दिए। कार्यक्रममा कडेलले अभिकर्ता पेशालाई व्यावसायिक बनाउने उद्देश्यले कम्पनीले अभिकर्ता–मैत्री मासिक तथा वार्षिक योजनाहरू निरन्तर ल्याउँदै आएको बताउनुभयो।

देशभरबाट ७०० भन्दा बढी अभिकर्ता छनोट हुनु मन्थन योजनाको सफलताको संकेत भएको उनको भनाइ थियो। कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले यस्ता तालिमले अभिकर्तालाई प्रतिस्पर्धात्मक बजारमा सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।

साथै शाखास्तरीय प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई मायाको चिनो प्रदान गरिएको थियो। सहभागी अभिकर्ताहरूले तालिमले आगामी दिनमा बीमा व्यवसाय विस्तारमा थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung