३ श्रावण २०८३, आईतवार

 

बागलुङमा ११५ थान अवैद्य भरुवा बन्दुक बरामद

बागलुङ । बागलुङमा निर्वाचन लक्षित सुरक्षा योजना अन्र्तगत ११५ थान अवैद्य भरुवा बन्दुक फेला पारेर आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४५ दिनमा ११५ थान अवैध भरुवा बन्दुक बरामद गरेको हो ।

वन जङ्गलमा हुने चोरी–सिकारीलाई मध्यनजर गर्दै अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक बरामद गरेको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

इजाजत पत्र नलिईकन लुकाई–छिपाई राखिएका भरुवा बन्दुकलाई संकलन गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बरामद भएका धेरैजसो भरुवा बन्दुक स्थानीय स्तरमै बनाइएको र चालु अवस्थामै रहेको भेटिएको पाइएको छ । बन्दुक जंगल तथा गोठमा लुकाइ राखेको अवस्थामा प्रयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung